साढे ३७ वर्षको सजाय : बावुको हत्या र भाईलाई खुकुरी प्रहार गर्नेलाई

विराटनगर/ गत भदौ १ देखि मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि जिल्ला अदालत मोरङले पहिलो पटक एकीकृत कसुर अन्तर्गतको फैसला गरेको छ । एकिकृत कसुर अन्र्गतको कर्तब्य ज्यान र ज्यान मार्ने मुद्दामा विराटनगरका १७ का १९ वर्षिय चन्नु भनिने बब्लु सिंहलाई अदालतले साढे ३७ वर्षको कैद सजाएको फैसला सुनाएको हो ।
मोरङ अदालतका मुख्य न्यायधीश राजुकुमार खतिवाडाको इजालशले सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्था अनुसार कर्तव्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योगमा १२ वर्ष ६ महिनाको कैद सजाएको फैसला सुनाएका हुन् । अदालतमा मुद्दा दर्ता भएको दुई महिनापछि यो मुद्दाको फैसला भएको श्रेस्तेदार इश्वर ओझाले जानकारी दिए ।
अभियुक्त बब्लुले झड्केलो बावु सशी सिंहको धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए भने उनका छोरा मो. आकाश आलमलाई खुकुरी प्रहार गरि घाइते बनाएका थिए । गत मंसिर २८ गते बब्लुले बुबाको हत्या गरेका हुन् । मदिरा सेवन गरी भाई आकाशसँग झगडा भएपछि छुटाउन गएका शशीलाई चुन्नुले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शशीको घटना स्थलमा नै मृत्यु भएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।
‘कसुरदारले एउटै वारदातमा एक भन्दा बढी कसुर गरे अहिलेको नयाँ अपराध संहिता लागू भएपछि एकीकृत सजायको व्यवस्था कानुनमा छ,’ श्रेस्तेदार ओझाले भने, ‘यस्तो कसुरमा अदिकतम सजाय भइ कसुरको ढेडी सजाय हुने कानुनी व्यवस्था छ ।’ एकीकृत कसुर अन्र्गतगको कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दाको फैसलाको प्रमाणिकरण शुक्रबार भएको अदालतले जनाएको छ ।
यो मुद्दाको माघ २४ गते कसुर ठहर भइ कदै सजायको निर्धारण भने माघ २९ गते भएको अदालतले जनाएको छ । कसुर ठहर भएको ३० दिन भित्र कैद सजाय ठहर गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यो मुद्दामा न्यायधीश खतिवडाले एक साता भित्रमै सजाय ठहर गरेका हुन् । सो मुद्दाको बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी कार्यालय मोरङका जिल्ला साहयक न्यायाधीवक्ता उमेश अधिकारीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता रविन्द्र चौधरी र सुमन राज पन्तले गरेका थिए ।