Logo

मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण


जनकपुरधाम– बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं.१ ले सानो सहयोग गरेर प्रदेश २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । बारा पर्सामा चैत्र १८ गते गएको हावाहुरीबाट २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमाल क्षति भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्