काठमाडौँमा आज एक विशेष भेलाका बीच “श्रम संस्कृति कलाकार संघ” को औपचारिक गठन गरिएको छ।

कलाकारिताका माध्यमबाट श्रम र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो संघ स्थापना गरिएको हो। नयाँ गठित समितिमा रमेश बोखिमलाई संयोजकको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, संघको पदाधिकारीहरूमा निम्न चयन हुनुभएको छ:
कार्यसमितिका मुख्य पदाधिकारीहरू:
• संयोजक: रमेश बोखिम
• सह-संयोजक: सुशिला राई
• सचिव: हिमाल श्रेष्ठ
• कोषाध्यक्ष: फुटी शेर्पा

नयाँ कार्यसमितिमा पदाधिकारीहरू सहित कुल १६ जना सदस्य रहेका छन्। श्रमको सम्मान र नेपाली संस्कृतिको जगेर्ना गर्दै कलाकारहरूको हकहितका लागि काम गर्ने प्रतिवद्धताका साथ यो संघको सुरुवात गरिएको जनाइएको छ।