बैसाख । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाको भवनमा बिहीबार विहानै बम विष्फोट भएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेकाले त्यही समूहले बम विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बिहीबार बिहान करिब २ बजेतिर भएको विष्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिएका छन् । कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताए ।
कार्यालयमा टायर बम विष्फोट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
