राष्ट्रीय बाणिज्य बैंकमा जागिर खुल्यो
काठमाण्डौ-राष्ट्रीय बाणिज्य बैंकमा जागिर खुलेको छ । गोर्खापत्रमा बिज्ञापन निकालिएको छ । हेर्नुस बिज्ञापन र नेपाली बेरोजगारिहरुलाई तथा बैंकमा जागिर खान चाहनेहारुको लागि उपुक्त हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो। यसको स्थापना रा.वा. बैंक ऐन, २०२१ अर्न्तर्गत वि ।सं ।२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा पुर्याउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैंकसँग देशभर २६०० कर्मचारी सहित देशभरमा १६० वटा शाखाको विस्तृत कार्यजालो रहेको छ। यस बैंक सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैंकको लागि बढी रहेको छ । बैंकले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।





