मुन्धुमस्टार डटकम​- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको विषय बुधबारसम्म टुंगो लाग्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबन्डा हुने उल्लेख गरे।

एदाहालले १५ भदौसम्म सिट बाँडफाँट सक्ने, २० सम्म कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र २५ गतेसम्म पार्टीको उम्मेदवार टुंगो लगाइसक्ने दाबी गरे। उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० र प्रदेश सभामा १२० सिट दाबी गर्ने बताए।