सरकारद्वारा अध्यक्ष ओलीको फोन ट्यापिङ नगरेको स्पष्ट
मुन्धुमस्टार
सरकारले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको छ । एमाले अध्यक्ष ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भन्ने हल्लामा सत्यता नरहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
“नागरिकको फोन ट्रयापिङ गरी व्यक्तिको गोपनीयतामा हस्तक्षेप गरेको भन्ने कुरा निराधार भएको स्पष्ट पार्न चाहन्छु,” मन्त्री कार्कीले भने । भ्रममा कोही पनि नपर्न पनि उनले आग्रह गरेका छन् ।
“सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत छ र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध छ,” मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने ।



