प्रदेश नं १ को नामकरण किरात प्रदेश हुनुपर्छ भन्ने आशयकासाथ प्रदेश १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) ले ‘किरात प्रदेश जिन्दावाद’ लेखेका छन ।

प्रदेश नं १ को नामाकरण गरिदा ऐतिहासिकता, साँस्कृतिक, भौगेलिकता र सभ्यताको आधारमा विगत विभिन्न कालखण्डदेखि यस क्षेत्र किरात प्रदेश साँस्कारिक, संकृतिक र भाषिकरुपमा उक्त भूमिको नाम किरात रहदै आएको र सोहि बमोजिम समुदायहरुको माग तथा चाहाना समेत किरात प्रदेश हुनु पर्ने कुरा उठी रहेको बेला प्रदेश नं १ खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले ‘किरात प्रदेश जिन्दावाद’ भनेर फेसबुक स्टाटस लेखेका हुन।

प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान बिराट कोशी आदी के होला भन्ने सबैको मनमा खुल्दुली रहेको छ । प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ । प्रदेश नं. १ मा नामको बिषयमा एकदम बहस र आन्दोलनको बिषय भईरहेको बेलामा सबैको आ-आफनो धारणा आईरहेको बेला प्रदेश नं १ खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले ‘किरात प्रदेश जिन्दावाद’ भनेर फेसबुक स्टाटस लेखेका छन ।

रामकुमार राई (पासाङ) गोपाल किरातीले नेतृत्व गरेको खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) हुँदै किरात वर्कस पार्टी  र माओवादी प्रवेश गरेका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई जनयुद्ध लडेका नेता हुन्। खोटाङ १ ‘ख’ बाट निर्वाचित राईले माओवादी केन्द्र खोटाङ र भोजपुर जिल्लाको इञ्चार्ज भएर काम गरेका थिए। रामकुमार राई (पासाङ) ०६४ समेत सांसद भएका थिए ।

देशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेपनि प्रदेश–१ मा भने पहिचान पक्षधरको मत बलियो रहेकाले प्रदेशको नाम किरात रहने सम्भावना बलियो छ । प्रदेशको नाम किरात मात्रै नरहे पनि कोशी किरात वा सगरमाथा किरातमध्ये एक हुने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत किरात, कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा, किरात र कोशी किरात नाम चर्चामा छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल मुख्य विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले भूगोल पक्षधरहरू कोसी, सगरमाथा, विराट, कोसी–किरात, सगरमाथा–किरातमध्ये एउटा नाम राख्नुपर्ने पक्षमा देखिएका छन् ।

९३ सदस्यीय प्रदेश सभामा एमाले सांसद ३९ (सभामुखसहित) जना  छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना छन्। प्रदेशमा दुई तिहाइ संख्या पुर्‍याउन ६२ जना आवश्यक पर्छ।

नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश–७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश–५ ले लुम्बिनी प्रस्ताव गरेको छ । ट्यस्तैगरी प्रदेश २ ले मधेश प्रदेश राखेर पहिचानको नाम राखेसगंसंगै प्रदेश १ लाई पनि पहिचानसहितको नाम राख्न दबाब थपेको छ ।