गण्डकीमा पाँच मन्त्री नियुक्त, थपिए तीन बिनाविभागीय मन्त्री
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारजनालाई शपथ खुवाएकी हुन् ।
पुन: नियुक्त भएका मन्त्रीहरूमा किरण गुरूङ र मनाङेले मात्रै जिम्मेवारी पाएका छन्। यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री रहेका गुरूङले पुन: सोही मन्त्रालय पाएका हुन्।
मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने शपथमा सहभागी भएनन् । उनी काठमाडौंमा भएकाले आउन नपाएका हुन् ।
यस्तै, युवा तथा खेलकुद मन्त्री रहेका मनाङे पनि सोही मन्त्रालयमा नियुक्त भएका छन्। बाँकी ३ जना मन्त्री भने बिनाविभागीय छन्।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामशरण बस्नेत, सामाजिक विकास मन्त्री रहेकी नरदेवी पुन, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री रहेका विकास लम्साल बिनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका छन्।



