Logo

प्रदेश–१ मा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान


प्रदेश नम्बर–१ का प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् । आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।

धारा १६८ को उपधारा १ अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् ।

सोही कारण उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यही पुस २४ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

प्रदेशसभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि ४७ सांसद संख्या आवश्यछ पर्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्