Logo

गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै


काठमाडौं – चर्चित तथा बरिष्ट हास्यकलाकारसंगसंगै समाजसेवामा समेत सक्रिय गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् ।

कलाकार इशाराले ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ आदि प्रहशन प्रस्तुत गर्ने भएका छन् । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएका छन् ।

ईशाराले बिगतमा मृगौला पिडित खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, राजेन्द्र राई, दोलखाकी कौसिका ठकुरी, झापाकी ललिता चाम्लीङ लगायतकालाई आर्थिक सहयोग उपलब्ध गराई सकेका छन् ।

कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्राम देखि विभिन्न रोगबाट पिडितहरुको लागि आर्थिक सहयोग जुटाउदै आएका छन् । कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परेका दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताए ।

१४ औं एकल शो बैशाख ६ गते बिहिबार राष्ट्रिय नाचघर जमलबाट शुभराम्भ हुने कार्यक्रमको संयोजक सूर्ष्ट्री भुजेल, आयोजक एक्सन इन्टरटाईमेन्ट प्रालिको आयोजनामा हुन लागेको हो । चर्चित तथा बरिष्ट कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ, साथै यूवा चर्चित महिला फुटबलर प्रिती राईलाई सम्मान गर्ने कार्यक्रम रहेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्