भिम राई “अनन्त” र कला राईको घर त दुङ्मा गाउँ गीत सार्बजनिक
मुन्धुमस्टार डटकम- भिम राई “अनन्त” को आफ्नै शब्द /सङ्गीत र स्वर रहेको घर त दुङ्मा गाउँ लोक दोहोरी गीत सार्बजनिक भएको छ। गायक भिम राईलाई लोकप्रिय गायिका कला राईले साथ दिनु भएको यो गीत “Ananta Rai Official” युट्युब च्यानलबाट आज सार्बजनिक भएको हो।
सनम “पुरुष ” राईले एरेन्ज गरेको यस गीतलाई स्टुडीयो ए लेभलमा सुबाश कुथुमि राईले रेकर्डिङ गरेका हुन भने यस गीतलाई साउण्ड ईञिनियर गोबिन्द सोनिले मिक्सिङ तथा मास्टरिङ गरेका हुन। यो गीतको स्टूडीयो भर्सनको म्युजिक भिडीयोको छायाँङ्कन समीर राईले गरेका हुन भने सम्पादन नवीन पन्तले गरेका हुन।
प्रबासमा रहेर पनि थोरै समय साहित्य सङ्गीतलाई छुट्याएर, आफ्नै गाउँ ठाउँको भाकालाई सङ्गीतमा ढालेर जिबन्त बनाउनु हुने सर्जक राईले नेपाल बसाईको छोटो समयमा जम्मा पाँच ओटा गीत रेकर्ड गराउन भ्याएका छन।सर्जक राईको उक्त गीतहरुपनि चाँडैनै युट्युबमा आउने तरखरमा रहेको छ। आज सार्बजानिक भएको यो गीतलाई एक चोटि दर्शक तथा श्रोताहरुले हेरेर सुनेर मनपराई दिने साथै सुझाब, प्रतिक्रिया पनि दिने आफ्नो अपेक्षा रहेको सर्जक राईले मुन्धुमस्टार डटकमलाई बताए।
भिडीयो लिङ्क तल…