Logo

साझेदारीको नेपाल बनाउने रणनीतिक अभियानमा कमरेड ‘साँईला’


  • सुमन बाङदेल 

केहिदिन अघि (भदौ १२, ०७८) एक अनलाईन पत्रिकामा ‘कहाँ छन कमरेड ‘साँईला’ ?’ शिर्षकमा एउटा लेख प्रकाशित भयो । यो लेखले कमरेड ‘साँईला’ अर्थात गोपाल किरातीलाई पछिल्लो समयमा सामान्य ढंगको दृष्ट्रिकोणबाट हेर्दा देखिदैन भन्ने आशयबाट लेखिएको छ । अव प्रश्नहरु खडा हुन्छनन, कस्ता मान्छेले ‘साँईला’लाई देख्न सकिदैनन ? नेपालको राजनीतिमा किन साँईला’लाई देख्न सकिदैनन ? र, ‘साँईला’लाई कसरी हेर्दा देख्न सकिन्छ ? आदी ।

उक्त लेखको आशय जे भए पनि कमरेड ‘साँईला’ बर्ग संर्घषको मैदानमा छन । विचार, सिद्धान्त र राजनीतिक निष्ठाका साथ उत्पिडित वर्ग र समुदादायवीचमा दृढताकासाथ उभिएका छन । कमरेड ‘साँईला’लाई ऐतिहासिक रुपमा देख्न सकिएको भए पनि ०७४ जेष्ठ २ गते (नेकपा माओवादी केन्द्र) र एमालेवीचको एकता भएपछि कमरेड ‘साँईला’ नेकपा माओवादी केन्द्र पुर्णगठन गरी माओवाद र पहिचानको आन्दोलनलाई निरन्तरता दिईरहेका छन । मालेमावादलाई नयाँ उचाई दिनका लागि रक्षा, बिकास र प्रयोगको शिलशिलामा अघी बढी रहेको कुरा सम्पुर्ण कम्युनिष्टहरुलाई ज्ञात छ । अलिकती अग्रगामी सोचको हेर्दा पनि देख्न सकिन्छ, अमुख मानिसको खल्तिभित्र सिमित रहेरको अवसरवादी ज्ञान चेतनताको आँखाबाट देख्न सकिदैन । भौतिक सर्वाहारा र वैचारिक सर्वाहारा दुवै प्रकार भएमात्र असल कम्युनिष्ट बन्द सकिन्छ, यही दृष्टृकोणले मज्जाले देख्न सकिन्छ ।

वास्तवमा साझेदारीको नेपाल बनाउने रणनीतिक अभियानमा कमरेड ‘साँईला’ रहेका छन । कमरेड ‘साँईला’लाई देख्नका लागि विज्ञान सम्बत दार्शनिक ज्ञान, चेतना तथा ऐतिहासिक भौतिकवादी दृष्ट्रिकोण हुन आवश्यक छ ।

क्रान्तिकारी कम्युनिस्ट वन्नु भनेको वैचारिक र सैद्धान्तिक रुपमा ईमान्दारी ब्यवहारिकसहित कौशल विचारक र सिद्धान्तनिष्ठा हुनु हो, ब्यबहारमा एकरुपता हुनु हो । त्यस्तैगरी क्रान्तिका लागि विचार, राजनीति, संगठन र संघर्ष निमार्ण चाहिन्छ, त्यो शक्ति निमार्णका लागि अभियान छन कमरेड ‘साँईला’ । सर्वाहारा वर्गीय क्रान्तिकारी चेतनाका कारण कमरेड ‘साँईला’ खरो सघंर्ष गर्दै विचार र ब्यावहार रक्षार्थ उभिए ०७४ जेष्ठ २ गते पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष वन्दै हाल नेपाल कम्युनिष्ट माओवादी पार्टीको अध्यक्ष हुँदै पछिल्लो समय सल्लाहकार रहेका छन ।

माओवादी आन्दोलनको विचारर भावना र क्रान्तिकारी विराशतको निरन्तरतामा पार्टी पुर्णगठन गरी कमरेड ‘साँईला’को नेतृत्वमा क्रान्तिकारी पाइलाहरु अघी बढी रहेका छन । देशब्यापी संगठन निमार्ण भईरहेको छ । केहि समय पहिला मेची-महाकाली कम्युनिष्ट विचारक यात्रा गरिएको थियो । कमरेड ‘साँईला’ले पार्टी पुर्णगठननपछि वैचारिक रुपमा ‘महान जनविद्रोहको दर्शन’, ‘नेपाली मार्क्सवादि, उत्पिडित राज्यसत्ता निमार्ण’, ‘समाजवादी निर्वाचन प्रणली’, ‘नेपाली समाजवादका एघार विशेषता’, ‘ब्रम्हाण्डीय विचारधारा’ लगायत थुप्रै विचारको विकास र पुस्तकहरु प्रकाशन गरेका छन । वास्तवमा साझेदारीको नेपाल बनाउने रणनीतिक अभियानमा कमरेड ‘साँईला’ रहेका छन । कमरेड ‘साँईला’लाई देख्नका लागि विज्ञान सम्बत दार्शनिक ज्ञान, चेतना तथा ऐतिहासिक भौतिकवादी दृष्ट्रिकोण हुन आवश्यक छ ।

झिल्को अनलाईन पत्रीकामा ०७८ भदौ १४ गते २१ वजे प्रकाशित लेखलाई पुन:प्रकाशित गरिएको  हो – स. ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्