Logo

एमाले प्रवेश गरेका हुम्लाका नेता छिमी लामा माओवादीमै फर्किए


मुन्धुमस्टार डटकम — एमाले प्रवेश गरेका हुम्लाका नेता छिमी लामा आसकर माओवादी केन्द्रमै फर्किएका छन । छक्कबहादुर लामा र छिमी लामा केही दिनअघि माओवादी छाडी एमाले प्रवेश गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर लामा पुनः माओवादीमा फर्किएका हुन । प्रचण्डनिवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी छाडेका अन्य साथीहरूलाई पनि पुरानै घर फर्काउने प्रतिबद्धता जनाए ।

व्यवस्थापनमा कमजोरीको कारण असन्तुष्ट हुँदै माओवादी छाड्ने गरेको भन्दै उनले त्यसलाई सच्याउने पार्टी नेतृत्वलाई उनले सुझाब दिए । ‘माओवादी पार्टीभित्र व्यवस्थापनको कमजोरी छ । यसैले गर्दा हुम्लामा माओवादी पार्टी कमजोर भएको हो,’ उनले भने, ‘अब मसँग गएका साथीहरूलाई सकुशल ल्याएर बुझाउँछु ।’

माओवादी अध्यक्ष प्रचण्डले छिमी माओवादीमा फर्किएपछि हुम्लामा एमाले हार्ने निश्चित भएको भन्दै अब पार्टीका उम्मेदवार कार्चेन लामालाई विजयी गराउन आग्रह गरे ।

पार्टीमा फर्किएसँगै छिमी माओवादीको केन्द्रीय सदस्यमा पुनर्स्थापित भएको प्रचण्डले जानकारी दिए । ‘छिमी हिजो पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ,’ प्रचण्डले भने ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्