राष्ट्रपतिको पछिल्लो कदम बिरुद्द जनकपुरमा जसपाको प्रदर्शन
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम — दुबै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टी धनुषाले शुक्रबार तेस्रो दिन पनि जनकपुरमा प्रदर्शन गरेको छ । जसपाका नेता, कार्यकर्ताहरु जनकचोकमा धर्ना बसेर राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।
जसपा मधेस प्रदेश समितिले शनिबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि जनकपुरमा विभिन्न दलले नियमित प्रदर्शन गर्दै आएका छन । बिहीबार माओवादी केन्द्रले मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरेको थियो भने बुधबार जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र तराई।मधेस लोकतान्त्रिक पार्टीले भिन्दाभिन्दै विरोध कार्यक्रम आयोजना गरेका थिए ।



