Logo

रुसिसेनाले कब्जा गरेको युक्रेनका चार क्षेत्र रुसमा गाभ्न पुटीनद्वारा जनमत संग्रहको घोषणाः पश्चिमा देशहरूको निन्दा


 

मुन्धुमस्टार डटकम​- रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा रुससँग मिसिने विषयमा तत्काल रुसले जनमत संग्रहको घोषणा गरेको छ। उक्त कार्यले रुसलाई युक्रेनका ती भूभाग आफूमा विलय गर्ने बाटो खोलिदिनेछ। पश्चिमा देशहरूले भने मस्कोको उक्त योजनाको निन्दा गरेका छन्।

संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजनाअनुसारको जनमतसङ्ग्रहलाई “छद्म” को सङ्ज्ञा दिँदै त्यसको परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन्। नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ। युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक निर्वाचन हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ।

केही समययता रुसी अतिक्रमण रोकिएको अवस्थामा पूर्वी र दक्षिणी भेगमा रहेका रुससमर्थित अधिकारीहरूले रुससँग मिसिनेबारे मतदान गर्न यो साता थालियोस भन्ने आफूले चाहेको बताएका छन्। पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा शुक्रवारदेखि पाँच दिन मतदान गर्ने योजना बताइएको छ। ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्छन्। रोयटर्स समाचारसंस्थाका अनुसार तिनको कुल क्षेत्रफल हङ्गेरीको जत्रो छ।

रुसले सन २०१४ मा क्राइमिया आफूमा गाभेको थियो। र त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने ठानिएको थियो। तर स्रोतहरूका अनुसार क्रेम्लिनले उक्त योजनालाई पछि सारिएको सङ्केत गरेका थिए। त्यसको कारणबारे भने केही बताइएको छैन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्