मुन्धुमस्टार डटकम-भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकिएकी छन्।
आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेणुलाई चितवन क्षेत्र नं. ३ को जिम्मेवारी दिएको हो।
प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
