मुन्धुमस्टार डटकम​- गोर्खा राइफल्ससँग लामो समयको निकटता रहेका भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनरल अशोक मेहता भारतको अग्निपथको योजनाको बारेमा नेपाल संङ्ग छ्लफल गर्नु पर्ने धारणा राखेका छ्न्। उनले पत्रकारहरुसंङ्ग कुरा गर्दै भनेका छ्न​ “भारत सरकारले आफ्नो यो योजनाका बारेमा नेपाल सरकारसँग छलफल गर्नुपर्थ्यो। तर उसले गरेन त्यही भएर अहिले समस्या आयो। मलाई लाग्छ भारतले नेपाललाई हल्का रूपमा लिएको यो अर्को दृष्टान्त हो।” उनले नेपालमा उठेका आवाजका कारण अग्निपथ योजनामा भारत सरकारले परिमार्जन गर्ने आफूलाई नलागेको पनि बताए।

उनले भने, “एक पटक भारत सरकारभित्र गोर्खा भर्तीलाई बिस्तारै बन्द गर्नुपर्छ भन्ने कुरा पनि भएको थियो। नेपालले निलम्बन मात्रै गरेको छ भारतको विकल्प बिस्तारै भर्ती नै बन्द गर्ने भन्ने हो। जसरी नेपालमा कम्युनिस्ट दलहरूले भाडाका सैनिकका रूपमा पठाउन बन्द गर्नुपर्छ भनेर कुरा उठाउँछन् भारत सरकारमा पनि सार्वजनिक तहमा नभए पनि भित्र भित्र यसबारे कुरा भएको छ।” अवकाशप्राप्त जनरल अशोक मेहता भारतले आफ्नो योजना पुनर्विचार गर्ने सम्भावना देख्दैनन्।