काठमाण्डौ – भदौ ४ गते काठमाण्डौमा एक भेला गरी ‘काठमाण्डौ किरात गणराज्य आन्दोलन समिति’ बनाईएको छ ।

उक्त भेलाबाट सुमन राईको संयोजकमा ५ सदस्य ‘काठमाण्डौ किरात गणराज्य आन्दोलन समिति’ गठन गरिएको हो ।

अन्य सदस्यहरु मन्जित राई, यामबहादुर थामी, नरेश राई र अशोक राई रहेको छन ।

प्रदेश नं . १ मा पहिचानको प्रदेश नामाकरणको लागी शसक्त प्रयास गर्दै आन्दोलन समितिलाई किरात गणराज्यका जिल्लाहरुमा विस्तार गर्ने भेलाबाट निर्णय गरिएको छ ।

बुद्दिकर्ण देवान संयोजकत्वको किरात देश अभियानलाई समर्थन र सहयोग गर्दै अघी बढने समेत निर्णय गरिएको कुरा समितिक सदस्य अशोक राईले बताए ।