जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका नेताहरूलाई आग्रह समेत गरे । राई पहिले एमालेमा नै थिए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
