नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन् ।

आज काठमाडौँमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरिसकेको बताए ।

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ओलीले भने, ‘म देशका लागि समर्पित छु।’ आफू बाँचुञ्जेल घरमा बस्न पाए पनि बन्धक राख्न र बिरामी हुँदा उपचार खर्चका लागि घर बेच्न नपाउने उनको भनाइ छ ।

उनले बिरामी हुँदा राज्य वा कसैले सहयोग गरे मात्र आफ्नो उपचार सम्भव हुने बताए ।