राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पद खोजेर आउन चाहनेलाई आफ्नो पार्टीमा प्रवेश निषेध रहेको बताएका छन् ।

मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका हुन्। अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए ।

यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने अध्यक्ष लामिछानेको भनाई छ। कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने लामिछानेले बताएका छन् ।