सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्।
उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए।
‘कहिलेकाँही पत्रपत्रिका र मिडियामा आउँछन्। अर्को गठबन्धन बन्न लागेको हो कि क्या हो। यो गठबन्धन छाडेर अर्कै पो बन्ने हो कि। के हो यो समाजवादी केन्द्र ? के हो यो पार्टी एकता संयोजन समिति ? के हो यो बामपन्थी गठबन्धन भनेर पनि चर्चा हुनेगर्छ,’ उनले भने, ‘म बडो प्रष्टसँग भन्न चाहन्छु। अहिले यही पाँच दलीय गठबन्धन कायम रहन्छ। यसलाई दाँयाबाँया गरिँदैन। प्रष्टसँग यसैलाई लिएर जान जरूरी छ।’



