Logo

समयले नयाँ ध्रुवीकरण खोज्दै छ , हात मिलाएर आ–आफ्नो बाटो लागौं – डा .बाबुराम भट्टराई


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन् ।

जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उनको यस्तो भनाइ आएको हो ।

आइतबार राति ट्विट गर्दै उनले मान्छे तानातान र किनबेचको तमासा नगरी हात मिलाएर आ–आफ्नो बाटो लाग्न उचित हुने उल्लेख गरेका छन् ।

“अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो ।

नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ ।

अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ–आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !,” उनले लेखेका छन् ।

जसपा फुटको संघारमा छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव तथा डा . भट्टराई पक्ष दुई समूहमा विभाजित छन् । दुवैले एकले अर्कोलाई कारबाही प्रक्रिया अघि बढाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्