Logo

अब माओवादी ध्रूवीकरण शुरु, माओवादी ध्रूवीकरण संयोजन केन्द्रको अध्यक्षमा गोपाल किराती


काठमाण्डौ-अब माओवादी ध्रूवीकरण शुरु हुने भएको छ । माओवादी ध्रूवीकरण संयोजन केन्द्रको अध्यक्ष गोपाल किरातीले माओवादी ध्रूवीकरण संयोजन केन्द्रको कार्यक्रम र कार्यविभाजन सम्बन्धी पार्टी सदस्य कमरेडहरुको नाममा परिपत्र जारी गर्दै उल्लेख गरेका छन ।

परिपत्र जारी गर्दै भनिएको छ, ‘ईण्डो-अमेरिकी द’लाल खड्गप्रसाद ओली सरकारको चरम दक्षिणपन्थी फा’सिवादले देशको संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रलाई जो’खिममा पारेको छ। फासिवादी प्रतिगामी द’मन वि’रुद्व देशभक्त एवं अग्रगामी-प्रगतिशील जनसमुदायको सम्झौताहीन प्र’तिरोध आ’न्दोलन अत्यावश्यक, न्यायपूर्ण र स्वभाविक ठहर्छ। यसरी ओली प्रबृत्तिले देश र जनतालाई गृहयु’द्वतर्फ धकेल्ने अ’पराध गरिरहेको खराव परिस्थितिमा हाम्रो पार्टी राजनीतिक परिषद्को बैठक (फागुन ०७७) र उपलब्ध केन्द्रीय समितिको बैठक (चैत ०७७) को नीतिगत निर्णयका आधारमा पार्टी सामु सर्वप्रथम माओवादी तथा पूर्व माओवादीहरुवीच ध्रूवीकरण पहलकद्मीलाई गुणात्मक दिशा प्रदान गर्नु र दक्षिणपन्थी फा’सिवादका विरु’द्व सम्पूर्ण कम्युनिस्टहरु एवं लोकतान्त्रीक शक्तिहरुवीच बृहत्तर संयुक्त आ’न्दोलनमा सक्रीय सहभागिता जाहेर गर्नु वर्तमान कार्यभार हुन आएको छ। अत: संसदमा रहेका पाँच दलीय गठबन्धनको संयुक्त आ’न्दोलनको आव्हानप्रति समर्थन समेत गरिसकिएको छ।’

परिपत्र जारी गर्दै कार्यक्रम र कार्यविभाजन गरी दुई भागमा बिभाजन गरिएको छ । उक्त परिपत्रको कार्यक्रममा भनिएको छ, ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्रको राजनीतिक कार्यनीतिमा संयोजन केन्द्रले आ-आफ्नो तहमा महाध्रूवीकरण पहलकद्मीलाई सशक्त बनाउने र संयुक्त सडक आन्दोलनको तयारीमा जोड्दार पहल बढाउने।’

त्यस्तैगरी परिपत्रको कार्यविभाजनमा भनिएको छ, ‘ क. गोपाल किरातीको अध्यक्षतामा “माओवादी ध्रूवीकरण संयोजन केन्द्र” ले सर्वप्रथम माओवादी तथा पूर्व माओवादीहरुवीच गुणात्मक ध्रूवीकरणको पहल बढाउने। केन्द्रीय तहमा पार्टीका केन्द्रीय सदस्य-पदाधिकारीहरु सबै संयोजन केन्द्रको सदस्य रहने छन, अध्यक्ष बाहेक अरु पदाधिकारी नरहने।’

त्यस्तैगरी परिपत्रको कार्यविभाजनको अर्को बुद्दामा भनिएको छ, ‘केन्द्रीय तहलाई “माओवादी ध्रूवीकरण संयोजन केन्द्र”, प्रदेश तहलाई “माओवादी ध्रूवीकरण………… प्रदेश संयोजन केन्द्र” तथा जिल्ला तहलाई “माओवादी ध्रूवीकरण…………  जिल्ला संयोजन केन्द्र” भनिने छ। यी विभिन्न तहको संयोजन केन्द्रमा पार्टीका सम्बन्धित तहका कमरेडहरु र महाध्रूवीकरण पक्षधर (स्वतन्त्र माओवादी) कमरेडहरु समेत रहन सक्ने छन।’

त्यस्तैगरी परिपत्रको कार्यविभाजनको अर्को बुद्दामा भनिएको छ, ‘अध्यक्ष गोपाल किराती महाध्रूवीकरण र सडक आन्दोलनको केन्द्रीय काममा सम्पूर्ण रुपले खट्नु पर्ने र राज्यको कानूनी उत्तरदायित्व एवं कार्यालय संयोजनका लागि राजधानीमा बसोवास गरेको कमरेड हुनु पर्ने स्थितिलाई ध्यानमा राखी क . राजन तिमल्सिनालाई पार्टी कार्यवाहक अध्यक्ष तोकिएको छ। र, क. बिनोद उपाध्याय संयोजन केन्द्रको कार्यालयमा रहनु हुनेछ।

त्यस्तैगरी परिपत्रको कार्यविभाजनको संयोजन केन्द्रको प्रदेश तथा जबस-मोर्चा संयोजक र प्रतिनिधिको कार्यविभाजन निम्न अनुसार भएको छ :-

क. संयोजकहरुमा प्रदेश १ सुरेन्द्र कटुवाल र प्रदेश १ झापा-ईलाम मिलन खड्का, प्रदेश २ बब्लु सिंह र प्रदेश २ बारा-पर्सा रामनारायण पाल, प्रदेश ३ पासाङ मोक्तान, प्रदेश ४ आलोक रायमाझी, प्रदेश ५ अवीन गोतामे र प्रदेश ५ बाँके-बर्दिया धनवहादुर विश्वकर्मा, प्रदेश ७ कैलाश आउजी र प्रतिनिधिमा प्रदेश ६ लोकेन्द्र थापा तथा प्रवासबाट बीबी मगरले संयोजन रहनु हुनेछ। त्यसैगरी जबस-मोर्चाबाट विमल निरौला, बन्दना तामाङ र कन्चन दाहाल तथा युवा कम्युनिस्ट लिगबाट गौरव र प्रकाश दुमीराईले संयोजन गर्नु हुनेछ।

ख. तोकिएको उपरोक्त संयोजक/ प्रतिनिधिको नेतृत्वमा सम्बधित तहको संयोजन केन्द्र मातहत रहेर हाम्रो पार्टी नेकपा (माओवादी) का सम्पूर्ण सदस्य कमरेडहरुले संगठन र कामको संयोजन-परिचालन गर्दै महाध्रूवीकरण पहल तथा सडक आन्दोलन उठानमा डट्नु पर्दछ।

माओवादी तथा पूर्व माओवादीहरुवीच ध्रूवीकरण पहललाई जोड दिन पार्टी केन्द्रीय कार्यलयबाट यो विशेष निर्णय लिइएको र यस निर्णयप्रति ईमान्दार सहयोद्वा बनी काम अघि बढाउन सबै तहका पार्टी सदस्यहरुमा गम्भीर आग्रह गर्दै गुणात्मक ध्रूवीकरण र गणतन्त्र रक्षार्थ सडक आन्दोलनको उभारमा मात्र देश, जनता र हामी पार्टी कार्यकर्ताहरुको उज्यालो भविश्य अन्तर्निहित रहेकोवारे इतिहासको चाल बुझेका कम्युनिस्टहरु प्रष्ट हुनै पर्छ भनेर परिपत्रमा उल्लेख गरेका छन ।

 

परिपत्र

माओवादी ध्रूवीकरण संयोजन केन्द्रको कार्यक्रम र कार्यविभाजन सम्बन्धी पार्टी सदस्य कमरेडहरुको नाममा परिपत्र।

ईण्डो-अमेरिकी द’लाल खड्गप्रसाद ओली सरकारको चरम दक्षिणपन्थी फा’सिवादले देशको संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रलाई जो’खिममा पारेको छ। फासिवादी प्रतिगामी द’मन वि’रुद्व देशभक्त एवं अग्रगामी-प्रगतिशील जनसमुदायको सम्झौताहीन प्र’तिरोध आ’न्दोलन अत्यावश्यक, न्यायपूर्ण र स्वभाविक ठहर्छ। यसरी ओली प्रबृत्तिले देश र जनतालाई गृहयु’द्वतर्फ धकेल्ने अ’पराध गरिरहेको खराव परिस्थितिमा हाम्रो पार्टी राजनीतिक परिषद्को बैठक (फागुन ०७७) र उपलब्ध केन्द्रीय समितिको बैठक (चैत ०७७) को नीतिगत निर्णयका आधारमा पार्टी सामु सर्वप्रथम माओवादी तथा पूर्व माओवादीहरुवीच ध्रूवीकरण पहलकद्मीलाई गुणात्मक दिशा प्रदान गर्नु र दक्षिणपन्थी फा’सिवादका विरु’द्व सम्पूर्ण कम्युनिस्टहरु एवं लोकतान्त्रीक शक्तिहरुवीच बृहत्तर संयुक्त आ’न्दोलनमा सक्रीय सहभागिता जाहेर गर्नु वर्तमान कार्यभार हुन आएको छ। अत: संसदमा रहेका पाँच दलीय गठबन्धनको संयुक्त आ’न्दोलनको आव्हानप्रति समर्थन समेत गरिसकिएको छ।

उपरोक्त परिस्थितिमा कोरोना प्रकोप सामान्य हुनासाथ बस्ने पार्टी केन्द्रीय समितिले अनुमोदन गर्नेगरी “माओवादी ध्रूवीकरण संयोजन केन्द्र” गठन तथा यसको कार्यक्रम र कार्यविभाजन सम्बन्धी पार्टी केन्द्रीय कार्यालयद्वारा लिइएको निर्णय कार्यान्वयनका लागि पार्टी सदस्य कमरेडहरुको नाममा यो परिपत्र गरिएको छ।

कार्यक्रम:

१. वैज्ञानिक समाजवाद र जनगणतन्त्रको राजनीतिक कार्यनीतिमा संयोजन केन्द्रले आ-आफ्नो तहमा महाध्रूवीकरण पहलकद्मीलाई सशक्त बनाउने र संयुक्त सडक आन्दोलनको तयारीमा जोड्दार पहल बढाउने।

कार्यविभाजन:

२. क. गोपाल किरातीको अध्यक्षतामा “माओवादी ध्रूवीकरण संयोजन केन्द्र” ले सर्वप्रथम माओवादी तथा पूर्व माओवादीहरुवीच गुणात्मक ध्रूवीकरणको पहल बढाउने। केन्द्रीय तहमा पार्टीका केन्द्रीय सदस्य-पदाधिकारीहरु सबै संयोजन केन्द्रको सदस्य रहने छन, अध्यक्ष बाहेक अरु पदाधिकारी नरहने।

३. केन्द्रीय तहलाई “माओवादी ध्रूवीकरण संयोजन केन्द्र”, प्रदेश तहलाई “माओवादी ध्रूवीकरण………….प्रदेश संयोजन केन्द्र” तथा जिल्ला तहलाई “माओवादी ध्रूवीकरण………….. जिल्ला संयोजन केन्द्र” भनिने छ। यी विभिन्न तहको संयोजन केन्द्रमा पार्टीका सम्बन्धित तहका कमरेडहरु र महाध्रूवीकरण पक्षधर (स्वतन्त्र माओवादी) कमरेडहरु समेत रहन सक्ने छन।

४. संयोजन केन्द्रको प्रदेश तथा जबस-मोर्चा संयोजक र प्रतिनिधिको कार्यविभाजन निम्न अनुसार छ:

क. संयोजकहरुमा प्रदेश १ सुरेन्द्र कटुवाल र प्रदेश १ झापा-ईलाम मिलन खड्का, प्रदेश २ बब्लु सिंह र प्रदेश २ बारा-पर्सा रामनारायण पाल, प्रदेश ३ पासाङ मोक्तान, प्रदेश ४ आलोक रायमाझी, प्रदेश ५ अवीन गोतामे र प्रदेश ५ बाँके-बर्दिया धनवहादुर विश्वकर्मा, प्रदेश ७ कैलाश आउजी र प्रतिनिधिमा प्रदेश ६ लोकेन्द्र थापा तथा प्रवासबाट बीबी मगरले संयोजन रहनु हुनेछ। त्यसैगरी जबस-मोर्चाबाट विमल निरौला, बन्दना तामाङ र कन्चन दाहाल तथा युवा कम्युनिस्ट लिगबाट गौरव र प्रकाश दुमीराईले संयोजन गर्नु हुनेछ।

ख. तोकिएको उपरोक्त संयोजक/ प्रतिनिधिको नेतृत्वमा सम्बधित तहको संयोजन केन्द्र मातहत रहेर हाम्रो पार्टी नेकपा (माओवादी) का सम्पूर्ण सदस्य कमरेडहरुले संगठन र कामको संयोजन-परिचालन गर्दै महाध्रूवीकरण पहल तथा सडक आन्दोलन उठानमा डट्नु पर्दछ।

५. अध्यक्ष गोपाल किराती महाध्रूवीकरण र सडक आन्दोलनको केन्द्रीय काममा सम्पूर्ण रुपले खट्नु पर्ने र राज्यको कानूनी उत्तरदायित्व एवं कार्यालय संयोजनका लागि राजधानीमा बसोवास गरेको कमरेड हुनु पर्ने स्थितिलाई ध्यानमा राखी क. राजन तिमल्सिनालाई पार्टी कार्यवाहक अध्यक्ष तोकिएको छ।

६. क. बिनोद उपाध्याय संयोजन केन्द्रको कार्यालयमा रहनु हुनेछ।

अन्त्यमा, आफ्नो समुहको बखान गरेर मात्र आशन्न घटनाक्रममा कम्युनिस्ट क्रान्तिकारीहरुले वस्तुगत एवं ऐतिहासिक कार्यभार निर्वाह गर्न नसकिने तथ्यलाई मध्यनजर गरी मुख्यत: माओवादी तथा पूर्व माओवादीहरुवीच ध्रूवीकरण पहललाई जोड दिन पार्टी केन्द्रीय कार्यलयबाट यो विशेष निर्णय लिइएको र यस निर्णयप्रति ईमान्दार सहयोद्वा बनी काम अघि बढाउन सबै तहका पार्टी सदस्यहरुमा गम्भीर आग्रह गरिन्छ। गुणात्मक ध्रूवीकरण र गणतन्त्र रक्षार्थ सडक आन्दोलनको उभारमा मात्र देश, जनता र हामी पार्टी कार्यकर्ताहरुको उज्यालो भविश्य अन्तर्निहित रहेकोवारे इतिहासको चाल बुझेका कम्युनिस्टहरु प्रष्ट हुनै पर्छ।

लालसलाम सहित!

(गोपाल किराती)

अध्यक्ष

माओवादी ध्रूवीकरण संयोजन केन्द्र

१० जेठ ०७८

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्