बादललाई मत नदिएकोमा भर्त्सना, गम्भीरतापूर्वक लिएका छौँ-एमाले (बिज्ञप्तिसहित)
काठमाडौँः नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।
बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकले वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरिनुलाई गम्भीरतापूर्वक लिएको बताएको हो।
बैठकले त्यस्तो कार्यको भर्त्सना गर्ने निर्णय समेत गरेको छ। आजै भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भर्त्सना गर्ने निर्णय गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गरे त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको बताए।
उनले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन। यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’
हेर्नुहोस् निर्णय




