Logo

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट


प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ। बालुवाटारमा सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच भेट भएको स्रोतले जनायो।

दुई अध्यक्षबीच कात्तिक २५ यता ‘वान टु वान’ छलफल भएको छैन। दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। शनिबार बिहान स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निवास खुमलटार पुगेका थिए।

शुक्रबार प्रचण्ड निकट स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो कुराकानी भएको थियो। शुक्रबार नै कृषि मन्त्री घनश्याम भुसाल र उर्जामन्त्री पुनबीच पनि कुराकानी भएको थियो।

शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग भेट गरेका थिए। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्