नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा  जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।

निबार भएको निर्वाचनको मत परिणामअनुसार श्रेष्ठ आगामी कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार श्रेष्ठले ५८  मत ल्याएर निर्वाचित भएका छन्।

किशोर प्रधान प्यानलबाट चुनावमा प्रतिस्पर्धा गरेका श्रेष्ठले  गुननिधी तिवारीलाई पराजित गरेका हुन्।

यसअघि वस्तुगततर्फ प्रधान प्यानलकै अन्जन श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्।

महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपापध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन्।

यो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा छ।