मा. राजन राईको अर्को नयाँ गीत, एउटा तक्मा झुण्ड्याएर

चर्चित गीतकारका रुपमा स्थापित तथा राजनीतिक छवी बनाएका मा. राजन राईलाईले पुन अर्को नयाँ गीत ल्याएका छन् । जुन गीत एउटा तक्मा झुण्ड्याएर आउनु भाको थियो रे, दुईवटै खुट्टा गुमाएर आउनु भाको थियो रे । उक्त गीतका संगीतकार डक्टर किरात र स्वर कन्काइस्टको रहेको छ ।
नेपालको आदिवासी समूदायहरु विशेष गरेर विदेशको सेना भर्नाहुने तर त्यसको प्रतिफल आफ्नो ज्यान गुमाउने अन्तत खाली हात स्वदेश फर्कनुको पि’डा गीतले वास्तविक चित्रण गरेको पाइन्छ ।
पारिवारीक पृष्ठभूमी लाहुरे परिवार भएर पनि मा. राई आफ्नो समाज संस्कृतिलाई छा्ड्न नसकेर विदेशको आईडी त्यागेका, उहाँ सानै उमेर देखी गीत, लेखकको रुपमा स्थापित हुँदै राजनीतिक विद्यार्थी संगठनमा आवद्ध हुँदै दुवै क्षेत्रमा सफलता प्राप्त गर्दै आउनु भएको छ ।
“जीन्दगी यो फुलैफुलको थुगो हुँदैन” भन्ने जस्ता चर्चित गीत लेख्न सफल हुनुभएका गीतकार तथा राजनीतिज्ञ मा. राजन राई हाल नेकपाको केन्द्रिय सदस्य तथा प्रदेश एक प्रत्यक्ष तर्फबाट निर्वाचित माननिय समेत हुनुहुन्छ ।
नेपालको सन्र्दभमा कलाकार, खेलक्षेत्र लगायतका राष्ट्रिय स्तरमा स्थापित भएता पनि राज्यले उनीहरुलाई व्यवस्थापन गर्न सकेको छैन । यसकारण कम्तिमा राजनीतिक नेतृत्वहरुको कलाकार र खेल क्षेत्रका सबैलाई राज्यले सम्मान गर्न सोही किसिमको सरकारको योजना र नीतिहरु आउन आश्वयक छ ।
स्मरण रहोस मा. राजन राई आफै पनि सांगितिक क्षेत्रको ज्ञाता र नेता पनि हुनु भएकोले उहाँले यस क्षेत्रलाई सरकारको नीतिगत तहमा सम्बोधन हुने नीतिगत पैरवी गर्दै राज्यको गहनाहरुलाई सम्बोधन हुने किसिमको नीति बन्नेमा आसावादी रहौं । पुन राजनीतिसँगै साँगितिक क्षेत्रमा थप निरन्तर सृजना गर्दै जानुहोला शुभकामना ।