Logo

आदिवासी महिलाहरुलाई भाषणकला प्रशिक्षण


 मान्सुङ चाम्लिङ

राज्यको आधा भन्दा बढी महिलाहरुको जनसंख्या रहेको नेपालमा ३६ प्रतिशत आदिवासी जनजाति समूदायहरु रहेका छन् । राज्यले सबै जनताहरुलाई समान हैसियतामा सम्मान गर्नुपर्नेमा त्यस्तो व्यवहार गरेको पाइन्न । साथै सिमान्तकृत समूदायहरु, आदिवासी, दलित र मधेशीहरु अझ धेरै राज्यको स्रोतहरुबाट पछाडी परेको अवस्था छ । त्यसमा पनि अझ आदिवासी जनजाति महिलाहरु राज्यको स्रोत साधनबाट बन्चित हुनुपरेको छ । यसो हुनुमा महिलाहरु क्षमता र नेतृत्वको विकासमा कम भएकोले उनीहरु सम्बन्धित निकायहरुमा बोल्न, आफ्नो समस्या राख्न सक्दैनन् । यसै यर्थाथतलाई मध्य नजर गर्दै नेवार आदिवासी जनजाति महिलारुलाई लक्षित गरेर भाषणकला तालिम संचालन गरिएको छ । जसमा आदिवासी जनजाति महिला युवा संजालले आयोजना गरेको थियो ।

मंशिर २२ गतेबाट संचालन गरिएको तालिम १५ दिनको रहेको थियो । स्रोत व्यक्तिका रुपमा महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता कविता शर्माले तालिम दिनु भएको थियो । तालिममा सामान्य कागजात व्यवस्थापन देखी, वैठक निर्णय, वक्तित्वकला, भाषणकला, कार्यक्रम संचालन कला लगायत सिकाइएको संस्थाको अध्यक्ष रिसा श्रेष्ठले जानकारी दिनु भयो । १५ दिने तालिम समापन पश्चात अध्यासको रुपमा हाईकिङ कार्यक्रम समेत राखेर नयाँ ठाउँमा गएर अध्यास समेत गरिएको श्रेष्ठले बताइन ।

स्मरण रहोस जबसम्म महिलाहरु आफै जागेर अगाडी बढ्दैनन् तबसम्म महिला अधिकार राज्यले सितैमा दिने कुनै संभावना छैन । यसकारण महिलाहरु आफै अगाडी बढ्न जरुरी छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्