Logo

अण्डा उत्पादक संघको अध्यक्षले दिए राजीनामा


नेपाल अण्डा उत्पादक संघको विवाद उत्कृर्षमा पुगेको छ । सौराहामा आयोजित १५ औं वाषिर्क साधारण सभामा वहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि कँडेलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका हुन् ।

अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघमा आवद्ध सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए । साधारणसभा सुरु भए लगत्तै गोविन्द शर्माले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे । लगत्तै संघका अध्यक्ष कँण्डेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिए ।

कंडेलले सप्लार्यससँग कमिसन खाएर किसानहरुको हकहितविरुद्ध काम गरेको आरोप किसानहरुको छ । अण्डाको मुल्य भारी गिरावट आउँदा समायोजनका लागि अध्यक्षले पहल नगरेको, संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको, राज्यसँग आवश्यक लविङ गर्न नसकेको आरोप उनीहरुको छ ।

लगतै अध्यक्ष कँडेलले आफू अध्यक्ष नरहेको घोषणा गर्दै साधारण सभाबाट वाहिरिएका छन् ।

किसानहरुले भने निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष वनाउने घोषणा गरिएको छ ।

साधारणसभा भएपनि विषेश अधिवेशन मानेर नयाँ कार्यसमिति चयन गर्ने तयारी छ । साधारण सभामा नेपालभरका अण्डा उत्पादक किसानहरु सहभागी छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्