Logo

दुई तिहाई मतको धम्की नदिन सरकारलाई मोहन वैद्यकाे चेतावनी


काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन्।

महासचिव वैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी पनि गरे।

सिपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गरे। उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद/अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको आराेप लगाए।

महासचिव वैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको पनि धारणा राखे।-नेपाल लाइभ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्