Logo

फणीन्द्र नेपाललाई चीनले किन निम्ता दियो?


काठमाडौं । छ लाख रूपैयाँको चेक बाउन्समा फसाइएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल काठमाडौं महानगरीय प्रहरी प्रभागको हिरासतबाट छुटेको तेस्रो दिनमै चीनको राजधानी बेजिङ पुगेको समाचार प्राप्त भएको छ ।

चीन सरकारको मातहतमा रहेको चाइना इन्टरनेसनल पब्लिसिङ ग्रुपले यातायात र आवासको सम्पूर्ण खर्च बेहोरेर अध्यक्ष नेपाललाई औपचारिक निम्तो पठाएको थियो । उनले त्यहाँ सम्मेलनलाई औपचारिक सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

“कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन” नामक एसियाली कार्यक्रमको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले आजै गर्नुहुने बताइएको छ ।

मोर्चाका अध्यक्ष नेपालले बिहीबार “Asian wisdom to Promote Political Advancement”शीर्षकमा आधारित रहेर सम्मेलनलाई संबोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ग्रेटर नेपालका अभियन्तालाई बोलाएर चीनले यसरी अन्तर्राष्ट्रिय फोरम प्रदान गरेको विषयलाई नेपालको राजनीतिमा अर्थपूर्ण रूपमा हेर्नुपर्ने देखिएको छ ।

यस्तो छ निमन्त्रणाको पत्र

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्