टिपिकल अर्गानिक साकेल सिली : साकेला गीत (लाक)
साकेला गीत(लाक)
स्रोत व्यक्तिः असार राई, माग्पा खोटाङ
संकलनः रजत राई किराती
१) गोकर्णको डाडैँडाँडा ए होई (घाम झुल्क्यो घमस्ते ए ओई सेमुना)२
सिलीमा टिपी भूमेज्यूलाई (ए होई गर्दैछौँ नमस्ते ए होई सेमुना)
२) तिरीमा तिरी मुरली बज्यो ए होई (बाँसैको कप्टेरो ए ओई सेमुना)२
तिमी त रैछौ अर्कैको मान्छे (ए होई बोलाउनु अप्ठेरो ए ओई सेमुना)२
३) आकाशै ज्यानको नौलाख तारा, ए होई (एक तारा जूनसित सेमुना)२
हामी र सित हाँसखेल गछौ (ए होई जुग गाल्छौ कुनसित ए ओई सेमुना)२
४) उकाली ज्यानको चपलेटी ढुङ्गा ए होई (खेताला बिसाउने ए ओई सेमुना)२
चाडैले गर्दा नाचियो आज (ए होई कोही छौ कि रिसाउने ए ओई सेमुना)२
५) उकाली खुईखुई मन आउँछ रुईरुई ए होई (चाराना पैसामा ए होई सेमुना)२
कि मरिजानू बालखै ज्यानमा (ए होई नमर्नू वैशैमा ए होई सेमुना
६) उकालीको उक्ली—मुक्ली ए होई (मट्यौैलीको माटो ए होई सेमुना)२
हाँसीमा राखूँ बोलीमा राखूँ (ए होई सम्झनाको साटो ए होई सेमुना)२
७) हरमा हर हार्मोनी बाजा ए होई (दाम प¥यो हजार ए होई सेमुना)२
सँगै जौँ घाँस, सँगै जौँ दाउरा (ए होई सँगै जौँ बजार ए होई सेमुना)२
८) पानीलाई प¥यो रिमी है झिमी ए होई रुझेउ कि रुझेनौ ए होई सेमुना)२
आँखाको सानले बोलाएँ मैले ए होई बुझेउ कि बुझेनौ ए होई सेमुना)२
९) त्यहीँ तल सिमसारैमा ए होई हलहलेको साग छ ए होई सेमुना)२
झन झन हाँस्यो, झन झन बोल्यो (ए होई झन माया लाग्छ ए होई सेमुना)२
१०) सिरीमा सानको भात खानु धानको ए होई दुध खानु गाजुको ए होई सेमुना)२
आमैको भन्दा बाबैको भन्दा (ए होई धेर माया दाजुको ए होई सेमुना)२