काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ ।
बुधबार राति एक युवकले दोलखाकी २० वर्षीया जेनी खड्का युवतीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट उनको शरिरको केही भाग जलेको छ।
उनलाई एसिड प्रहार गर्ने काँडाघारीका विष्णु पौडल पक्राउ परेका छन् । के कारणले युवकले युवतीमाथि एसिड प्रहार गरेको भन्नेबारे केही खुलेको छैन । एसिड प्रहार गर्ने ब्यक्ति खड्काकी श्रीमान भएकाे खुल्न आएको छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
