Logo

कलेज छाडेर घुम्न जाने विद्यार्थी डिएसपीको निगरानीमा


धरान / इलाका प्रहरी कार्यालय धरानमा आएका नयाँ डिएसपी डुण्डीराज न्यौपानेले धरानमा कलेजका विद्यार्थीहरु कलेज नगई कलेज पोशाकमै हिड्ने गरेको थाहा पाए पछि निगरानी बढाएका छन् ।

धरान–१३ नं. वडा कार्यालयको सहयोगमा डिएसपी न्यौपानेले अभियान नै चलाउने भन्दैं सोमबार विहान धरान १३ स्थित झोलुङ्गे पुल क्षेत्रमा छड्के गरेका थिए । टाफिक प्रहरी इन्स्पेक्टर होमराज दाहाल, वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेसहितको टोलीले उक्त क्षेत्रमा पुगेर कलेजका विद्यार्थीहरु आउने नआउनेबारे जानकारी लिएका थिए ।

सिनेमा हल पार्क, पुल क्षेत्रमा सिभिल प्रहरी घटाइएको डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए । सिनेमा हल, पार्कलगायतका स्थानमा कलेज समयमा कलेज पोशाकमा भेटिए अभिभावकको जिम्मा लगाइने उनले बताए । वडाध्यक्ष काफ्लेले हाल परीक्षा भएकाले नआए पनि अन्य समयमा फुल क्षेत्रमा विद्यार्थीहरु आउने गरेको बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्