Logo

ट्रक र टिपर ठोक्किदा २ जनाकाे मृत्यु


महोत्तरी – महोत्तरीमा साेमबार बिहान ट्रक र टिपर ठोक्किदा २ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा परिचय खुल्न नसकेको २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हाे । दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाईते चालकको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्