फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को १ करोड जिते राजिव जैन

काठमाडौं : फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औं श्रृखंलामा विराटनगरका राजिव जैन फास्टटेस्ट फिंगर फस्टमा नौ जना प्रतिस्र्धीलाई पछि पार्दै हट सिटमा बसे। ४१ औं श्रृंखलामा उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए ।न। उनले एक करोड रुपैयाँ जितेर यो फ्रेञ्चाइजमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
जैनले एक करोड जितेको कार्यक्रमको आधा भाग शनिबार प्रशारण भएको थियो भने बाँकी आज आइतबार एपीवान टेलिभिजनमा बेलुका प्रशारण गरिएको थियो। आज सम्मका सह भागीहरुले यति ठूलो रकम जित्न सकेका थिएनन्। उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामः हट सिटमा बस्न पाएनन् ।
तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे । र, करोड जितेर इतिहास पनि रचे । उनि भन्छन – स्वाभाविक रुपमा रमाइलो अनुभव भइरहेको छ। हट सिटमा पुग्नु नै ठूलो कुरा थियो । त्यहाँ पुगेर करोड रुपैयाँ जित्नु झनै ठूलो कुरा थियो। जित्दै जाँदा एक करोड सम्म पुगिन्छ कि पुगिँदैन भन्ने एक्साइटमेन्ट थियो । त्यही संशय भइरहन्थ्यो । त्यो सिटलाई त्यसै हट सिट भनिएको हैन रहेछ ।
साँच्चै हट सिट नै हुँदोरहेछ । त्यो सिटमा बसेपछि मुटुको धड्कन ७२ बाट १२० पुग्न समय लाग्दो रहेनछ । त्यो दिनको एक्साइटमेन्टको बयान कुनै शब्दमा हुँदैन । सगरमाथा चढेको जस्तो भइरहेको छ । को बन्छ करोडपतिका प्रायः सबै श्रृंखला हेर्थें । इन्डियाको ‘कौन बनेगा करोडपति’ पनि हेर्थें ।कम्तिमा १०/१२ वटा प्रश्नसम्म चाँहि मिलाउँछु कि जस्तो लागेको थियो । तर जब म धेरै प्रयास गर्दा पनि छनोट भइन । भिडियो