मिस नेसनल आइकन २०१९ को विजेता बने लगत्तै देवी मगर, समाज सेवामा

काठमाडौ – मिस नेसनल आइकन २०१९ को विजेता बने लगत्तै देवी गर्बुजा पुन मगर, समाज सेवामा लागेकी छन् । एकीकृत सृजनशील समाज नेपालमा रहेको ४५ जना बालबालिकालाई खाद्यान्न, स्टेसनरीका सामान लगायत वितरण गरेर समाजसेवाको सुरुवात गरेकी हुन् । देवी मगरले मिस नेसनल आइकन विजेता बने संगै २६ लाख मुल्यको ड्याटसन कार जितेकी थिइन् ।
म्याग्दीको बेनीमा जन्मिएकी देवी पुन मगर अहिले ब्याचलरमा अध्ययनरत छिन् । अध्यायन संग संगै मोडलिङ्गमा पनि रुचि राख्ने देवी मगर, समाजसेवामा पनि उतिकै रुचि राख्छिन् । यसैको सुरुवात गर्दै अत्यान्तै कोमल हृदयकी देवी मगरले एकीकृत सृजनशील समाज नेपालमा पुगेर त्यहा रहेका बाल बालिकाहरु संग थोरै भएपनि खुशी साट्ने प्रयास गरेकी हुन् । एकीकृत सृजनशील समाज, समाजसेवी जुनु पुन मगरले संचालन गर्दै आएकी छन् ।
निकट भविष्यमै बृद्ध आश्रममा गएर यस्तै सहयोग गर्ने अभिलाषा राखेकी देवी मगर बृद्ध बृद्धा र बालबालिका देख्दा आफ्नो मन भित्र भित्रै पग्लिएर आउने बताउछिन् । भविष्यमा समाजसेवी जुनु पुन मगर जस्तै बन्ने आफ्नो चाहना रहेको बताउदै आफू सृजनशील एकीकृत समाजमा आउदा आफुलाई निक्कै खुशी लागेको पनि बताईन् ।
बाँकी तल भिडियोमा हेर्नुहोस