Logo

भोली पनि धनकुटामा चक्काजाम गरिने !


बैशाख । धनकुटालाई प्रदेश न १ को स्थाई राजधानी बनाऔ अभियान समितीले धनकुटालाई स्थायी राजधानी घोषणा विरोधमा बैशाख २५ गते दिउँसो ३ बजे देखि ४ बजे सम्म चक्काजाम गर्ने भएको छ ।

प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्था गर्दै प्रदेश सरकारले स्थाई राजधानी विराटगर तोकीएको बिरोधमा भोली पनि चक्काजाम गर्ने निर्णय धनकुटा लाई स्थाई राजधानी बनाऔ अभियान समितीको बैठकले गरेको अभियान समितीका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।

आज साँझ ब्याक आउट गर्दै विरोध जनाउने घोषण समितीले पहिले नै गरेको थियो भने मंगलबार १ घण्टा धनकुटा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्