Logo

जापानको नयाँ राजा ‘रेईवा’ युगको शुरुवात : जापानमा ‘हेइसी’ युगको अन्त्य


जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा पनि गरिएको छ ।

तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।

गद्दीत्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।

आज बुधबारबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । त्यसदिन जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ । यो युगको नाम ‘रेईवा’ दिइएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उहाँ राजगद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनलेले जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दी त्यागको घोषणा गर्नुभएको थियो ।

राजगद्दी त्याग्ने क्रममा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधनमा जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गरेका छन् ।

राजा अकिहितोले गद्दी त्याग गरेपछि उहाँका छोरा राजकुमार नारुहितोले आज बुधवार राज्याभिषेक गर्नुहुनेछ । जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुदै आएका थिए ।

अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहको जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उहाँको राजगद्धी त्याग गर्ने बाटो खुलेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्