वन्द भएको विद्यालय पुन सञ्चालनमा
– मान्सुङ चाम्लिङ
हलेसी तुवाचुङ नगरपालीका वडा नं. ५ दुर्छिम हात्तिढुंगेमा रहेको सरकारी विद्यालय सहकला प्रावि विभिन्न कारणले गए वर्षबाट वन्द भएको थियो ।
उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागीता नभएपछि सो विद्यालयका शिक्षक प्रसित राई सोही वडाको काचपात्ला गाउँको विद्यालयमा अध्यापन गर्न सरुवा गरिएको थियो ।
स्थानिय समाजसेवी गमिता राई र समूदायहरुको पहलमा पुन छलफलपश्चात पुन विद्यालय सञ्चालनको लागी घरदैलो कार्यक्रम पश्चात पुन सञ्चालन गर्न थालिएको समाजसेवी गमिता राईले बताइन् ।
आर्थिक वर्षको कक्षा सुरुभएसँगै नयाँ विद्यार्थीहरुको उपस्थितिको लागी स्थानिय अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउन थालेको राईले बताइन् ।
वैशाख १५ गतेबाट शुरु गरिएको पठनपाठनमा पुन शिक्षक दरबन्दी अनुसार शिक्षक ल्याउनको लागी पुन प्रसित राई नै ल्याउनको लागी नगरपालीका पहल भइरहेको राईले बताइन् ।
सरकारी विद्यालयहरुलाई राम्रो तरिकाले अनुगमन गर्न सकेमा तथा विद्यार्थीहरुको भविष्यलाई सोचेर अध्यापन गर्न सकेमा कृषि व्यवसायमा निर्भर रहेका समाजका सबैलाई राहत महशुष हुनेछ ।
अन्याथा आधुनिक समाजमा शहर देखी गाउँहरुमा बोर्डिङ व्यवस्थापन भएसँगै अभिभावकहरुले आर्थिक व्यवस्थापन गर्न ज्याँदै गाहे भइरहेको स्थानिय अभिभावकहरु बताउँछन् ।