Logo

शिखर इन्स्योरेन्सका म्यानेजर बलात्कारको आरोपमा पक्राउ


काठमाडौँ । शिखर इन्स्योरेन्सका एक जना म्यानेजर बलात्कार(जबरजस्ती करणी)को आरोपमा पक्राउ परेका छन । नुवाकोटको बट्टार शाखाका म्यानेर रमेश अर्याल बलात्कारको आरोपमा पक्राउ परेका हुन । बलात्कारको आरोपमा पक्राउ परेका अर्याल अहिले प्रहरी हिरासतमा रहेका छन । प्रहरीका अनुसार गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल घटनास्थलमै पक्राउ परेका हुन ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेरका थिए । पीडित युवतीले खबर गरेपछि प्रहरीले अर्याललाइ सोही कोठाबाट पक्राउ गरेको थियो । अर्याललसँगै नुवाकोटकै राजु श्रेष्ठ पनि पक्राउ परेका छन । पक्राउ परेको राति अर्यालले ती युवतीलाइ निघार्त कुटपटि समेत गरेका थिए । अर्यालले आफ्नो हत्याकै प्रयास गरेपछि पीडित युवतीले प्रहरीलाइ खबर गरेको बुझिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्