Logo

उज्यालो नेपालका नायक कुलमानले शहर कुरुप बनाउने ज्यानमारा विद्युत तार यसरी लुकाउँदै


काठमाडौं । जो आएपनि उस्तै भएपछि राजनीतिलाई जनताले त्यति विश्वास गर्न मानिरहेका छैनन् । राजनीतिक दलहरुका नेता प्रतिको विश्वास घट्दैं जानुमा जनताको महत्वकांक्षा र नेताहरुको व्यवहार प्रमुख हो । आजको दिनमा नेपालको मात्रै होईन देशका जनता काम चाहान्छन् ।

सामान्यतया राजनीतिक दलहरुमा काम धेरै तर बोल्ने कुरामा कम बोल्ने नेताहरु कमैं मात्रामा हुन्छन् । कुशल नेतृत्व हुने हो देशले काँचुली फेर्न समय लाग्दैन तर त्यसका लागी आफ्नो आफ्नो स्र्वाथ त्याग गर्न आवश्यक देखिन्छ ।

स्वार्थ त्याग गर्ने कुरामा यदी नेताहरु सहमत हुने हो र साँच्चै देशका लागि सोच्ने हो भने कुनै पनि देश विकसित हुन समय लाग्दैन । नेपालजस्तो पर्याप्त सम्भावना भएको देशमा हामीले यसको सदुपयोग मात्रै गर्न सक्ने हो भने देशलाई ठुलो फाइदा पुग्ने देखिन्छ । यसको पछिल्लो उदाहरणको रुपमा नेपाल विद्युक्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुनुहुन्छ ।

कुलमानलाई न त जनतालाई झुटा र पुरा गर्न नसक्ने गलत आश्वासन बाड्न आउँछ न त अरु भ्रम छर्न नै । उहाँ आफ्नो काम गरिरहनु भएको छ, आफ्नो काम प्रति इमान्दार भएर लाग्नु भएको छ । आज जनता उहाँलाई उज्यालो नेपालको नायक भन्छन् । यो कुलमानले विज्ञापन गरेर भएको होईन, राम्रो काम गर्दै जानेहरुको विज्ञापन आफैं हुन्छ र लामो समयसम्म रहन्छ । आज विद्युक्तमा नेपालको हैसियत धेरै माथि उठेको छ ।

नेपाल उज्यालो हुँदैछ । योसँगै अव्यवस्थित विद्युतीय तारका कारण हरेक दिन जसो करेन्ट लागेर जनता मर्ने गरेको घटना बढिरहेका थिए । अब यसलाई कुलमानले सम्वोधन गर्नुहुने भएको छ । जुन आज कुनै बेला नेपालमा लोडसेडिङ हुन्थ्यो भन्ने हुन्छ । अब पोलमा बिजुलीको तार देखिनेछैन ।

अहिले बद्लिदो शहरलाई कुरुप बनाउँनुमा बिजुलीको पोलमा भएका अव्यवस्थित बिजुलीका तार पनि हुन । कत्तिपय अवस्थामा यी बिजुलीका तार जनताका लागि मृत्युको पासो बन्ने गरेका थिए । अब त्यो युगको अन्त्य भएर तारहरु विकसित देशहरुमा जस्तैं अन्डरग्राउड राखिने खबरले एकदमैं खुःशी लागेको छ ।

आज नेपाल भारतलाई करोडौंको विद्युत बेच्ने अवस्थामा पुगेको छ । जनताले यो सब कुराको श्रय मात्रैं कुलमानलाई दिन्छन् । हामीले हाम्रो कामसँग मतलब राख्यौं, इमान्दिारीताका साथ काम गर्न थाल्यौं र आफ्नो मर्यादा नबिर्सेर बस्न सक्यो भने यो देशले एक कुलमानको साट्टो हजारौं कुलमान पाउँनेछ, त्यसपछि देश बन्न समय लाग्नेछैन । उहाँको हौसलाका लागि यो राम्रो कामको सन्देश सबै जनतामा पुग्नेगरी सेयर गरौँ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्