दिल्लीद्वारा बैंगलोर १६ रनले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)लाई १८८ रनको चुनौती दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले आरसीबीलाई १८८ रनको चुनौती पेश गरेको हो।
दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। धवनले ३७ बलमा ५० रन बनाए भने अयरले ३७ बलमा ५२ रन बनाए। अन्य ब्याट्सम्यानले मध्यम स्तरको बलिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनायो।
दिल्लीले राम्रो स्कोर बनाउन अन्तिम दुई ओभरमा ३६ रन जोड्यो। नेपालका लेग स्पीनर सन्दीपले केही बेरमै आरसीबीविरुद्ध बलिङ गर्नेछन् ।
आजको खेल जिल्लाका लागि महत्वपूर्ण छ। यो खेलमा जित निकाले दिल्ली शीर्षस्थामा पुग्नेछ। बैंगलोर भने प्लेअफमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिसकेको छ।
सुरुवात खेलमा लगातार पराजित भएको बैंगलोर पछिल्ला चार खेलमा जित निकाल्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। दिल्ली भने ११ खेलमा सात जित दर्ता गर्दै तेस्रो स्थानमा छ। बैंगलोर भने अन्तिम स्थानमा छ।
यसअघि बंगलोरविरुद्धको खेलमासमेत सन्दीप टिममा समेटिएका थिए । उक्त खेलमा उनी महंगो सावित भए । उनले चार ओभर एक विकेट लिएर ४६ रन दिएका थिए । सन्दीप यसअघि दिल्लीको १० औं खेलमा समेटिएका थिए । किंग्स इलेभेन पन्जाबविरुद्धको खेलमा उनले तीन विकेट लिएका थिए । सन्दीपले आईपीएलको १२ संस्करमा पाँच खेल खेल्दा आठ विकेट लिएका छन् ।
दिल्ली ११ खेलबाट १४ अंकसहित शीर्ष तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको १२ खेलबाट १६ अंक जोडेको छ भने मुम्बई इन्डियन्सको ११ खेलबाट १४ अंक जोडेको छ । अंकतालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ । उसले ११ खेलबाट १० अंक बनाएको छ ।
दिल्लीद्वारा बैंगलोर १६ रनले पराजित : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले हो। टस जितेर ब्याटिङ रोजेको क्यापिटल्सले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो ।
क्यापिटल्सका लागि शिखर धवन ५० र श्रेयर अयरले ५२ रन बनाएका थिए । धवन र अयरले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोड्यो। उसका सर्फाने रुथफोर्डले १३ बलमा अविजित २८ र अक्सर पटेलले ९ बलमा अविजित १६ रन जोडे।
उता जवाफी लक्ष्य पाएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७१ रन जोड्यो। बैंगलोरका पार्थिव पटेलले ३९ र गुरकिरात सिंहले २७ रन बनाए। आजको खेलमा क्यापिटल्सका लागि सन्दीपले विकेट लिन भने सकेनन् । तर कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट हात पारे। इशान्त शर्मा,अक्सर पटेल र सर्फाने रुथफोर्डले एक एक विकेट हात पारे।
यो सिजन सन्दीप पहिलो पटक आईपिएलको कुनै एक खेलमा विकेट लिन असफल भएका हुन्। उनले अघिल्ला पाँचवटै खेलमा कम्तीमा एक विकेट लिएका थिए।
१२ खेलबाट १६ अङ्क भएको दिल्ली शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको पनि १२ खेलबाट १६ अङ्क छ। ११ खेलबाट १४ अङ्क भएको मुम्बई तेस्रोमा छ। दिल्ली प्ले अफमा पुगेको छ। चेन्नई यसअघि नै प्ले अफमा पुगिसकेको थियो। अब प्ले अफमा पुग्ने बाँकी दुई टोलीको निर्क्योल हुन बाँकी छ।