Logo

नेपालीलाई चौकिदार भन्ने भारतिय नेतामाथी यसरी खनिए नेपाली, दन्कियोे राष्ट्रियताको ज्वाला (भिडियो सहित हेर्नुहोस्)


भारतमा अहिले आम निर्वाचनको माहोल बनिरहेको छ । सत्तपापक्ष–भारतीय जनता पार्टीका नेताहरुले आफुलाई देशको चौकीदार भएको बताउँदै आएका छन् । विपक्षीहरुले चौकीदार गरिब जनताहरुका लागि नहुने भएको हुँदै केही सिमित व्यक्तिको स्वार्थमा सरकार लागेको आरोप लगाउँदै आएका छन् ।

विशेष गरेर अहिले भारतीय कांग्रेस र भारतीय जनता पार्टीबीच नयाँ दोहोरी सुरु भएको छ । भाजपा आफुलाई चौकीदार बताइरहेको छ भने कांग्रेस चौकीदार चोर भएको आरोप लगाउँदै आएको छ । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चोर भएको बताउँदै आउनुभएको छ ।

उहाँले भारतीय जनताको पैसा लुटेर केही अर्बपतिलाई दिएको आरोप लगाउनु भएको छ । भारतको सिंगो राजनीति चौकीदारको वरपर घुमिरहेको छ । यो बिचमा विपक्षी नेताहरुले आफुहरुले चौकीदार नेपालबाट ल्याउने भन्दै भारतका लागि प्रधानमन्त्री आवश्यक भएको बताउँदै आएका छन् ।

अहिले चर्चामा रहेका नेता हार्दिक पटेल भारतीय कांग्रेसका युवा नेता हुन उनी गुजरात राज्यबाट राजनीति गर्दै आएका छन । उनी हालै कांग्रेसमा आएका हुन । तेस्रो चरणको निर्वाचनमा भोट दिएर आएपछि आफुहरुलाई प्रधानमन्त्री चाहेको भन्दै चौकीदार खोज्न नेपाल आउने बताउनु भएको थियो । उहाँको उक्त अभिव्यक्ति पछि नेपालमा विारेध सुरु भएको छ ।

धेरै नेपालीहरुले पटेललाई नेपाली जनताहरुसँग माफ माग्न भन्दै विरोध सुरु गरेका छन् । यो भन्दा पहिले पनि एक सांसदले यस्तै टिप्पणी गर्दा माफि माग्नु परेको थियो । यो विषयलाई लिएर नेपालीहरु आक्रोशित भएका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म राष्ट्रियताको ज्वाला दन्किएको छ ।

भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?time_continue=1&v=Ms-QibyUDHg

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्