रोनाल्डोको दुर्लभ कीर्तिमान
युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुर्लभ कीर्तिमान रचेका छन् । शनिबार युभेन्टसले लिग उपाधि पक्का गरेसँगै रोनाल्डो तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् ।
शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गरेसँगै रोनाल्डोले यो उपलब्धि हात पारेका हुन् । रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनैपनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन् ।
रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडबाट खेल्दै इंग्लिस प्रिमियर लिग र रियल म्याड्रिडको जर्सीमा स्पेनिस ला लिगाको उपाधि जितेका थिए । सन् २००९ मा रियल जानुअघि रोनाल्डोले युनाइटेडबाट लगातार तीन प्रिमियर लिगको उपाधि जितेका थिए ।
रियलमा रोनाल्डोले दुई पटक स्पेनिस ला लिगाको उपाधि जिते । यसै सिजनको सुरुवातमा रियल छाडेर युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन नै सिरी ‘ए’ उपाधि जित्न सफल भए ।
टालियन ‘सिरी ए’को उपाधि युभेन्टसले जितेको छ । शनिवार राति फियोरेन्टिनालाई हराउँदै युभेन्टसले पाँच खेल अगावै लिगको उपाधि जितेको हो । शनिवार घरेलु मैदानमा भएको खेलमा युभेन्टसले २–१ गोलले हराउँदै उपाधि जितेको हो । युभेन्टसलाई जितमा एलेक्स सान्द्रोले गोर्दा एक गोल भने उपहार पाएको थियो ।
फिोरेन्टिनोका लागि निकोला मेलेनकोभिकले गोल गरे । खेलको छैटौं मिनेटमा मिलेनकोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ३७ औं मिनेटमा हेडर गोल गर्दै सान्द्रोले खेल बराबरीमा ल्याए । ५३ औं मिनेटमा फियोरेन्टिनाका जर्मन पेजेलाले आत्माघाती गोल गरेपछि युभेन्टसले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र युभेन्टस विजयी भयो र गत साता डच टोली अयाक्ससँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएसँगै सिरी ए को उपाधि जित्यो ।
युभेन्टसले र रोनाल्डोले बनाए किर्तिमान
युभेन्टसले लगातार घरेलु लिगको आठौं उपाधि जितेर किर्तिमान बनाएको छ । युरोपका मुख्य पाँच लिगमा लगातार आठौं उपाधि जित्ने टोलीका रुपमा युभेन्टसले किर्तिमान बनाएको हो ।
यस्तै उसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले समेत किर्तिमान बनाएका छन् । उनले इंग्लिस प्रिमियर लिग, ला लिगा र सिरी ए जित्ने एक्लो खेलाडीकारुपमा किर्तिमान बनाएका हुन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट २००७, ८ र ९ मा लगातार तीन प्रिमियर लिगको उपाधि जितेका थिए । यस्तै रियल मड्रिडबाट २०१२ र १७ मा दुई पटक ला लिगाको उपाधि जितेका उनले २०१९ मा युभेन्टसबाट सिरी ए को उपाधि जितेर किर्तिमान बनाएका हुन् ।