Logo

कर तिर्नेले पनि कर छली गर्छन्, सबैले कर तिरे १ अर्ब उठ्छ : महालेखा


 

यूएन मातहतको निकायमा काम गर्ने सबैभन्दा कम स्तरको लेभल एक कर्मचारीले पनि अहिले वार्षिक ७ लाख ५० हजारको हाराहारीमा तलब बुझ्छन् । यूएनका प्रोजेक्ट कर्मचारीले औसतमा वार्षिक ११ लाखको हाराहारीमा तलब बुझ्छन् ।

यसलाई आधार तलब मान्ने हो भने पनि उनीहरुले वार्षिक १ लाख ६९ हजार कर राज्यलाई बुझाउनुपर्ने थियो । तर उनीहरुमध्ये अधिकांशले त कर नै तिर्दैनन् भने कर तिर्नेहरुले पनि स्वघोषणा गर्दै ३०–३५ हजार मात्रै कर तिर्ने गरेका छन् ।

अहिले देख्दा सामान्य कुरा देखे पनि यदि कूटनीतिक नियोगमा काम गर्ने कूटनीतिक सुविधा पाएका व्यक्तिहरु बाहेक अन्य सबैले कर तिर्ने हो भने वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी उठ्ने महालेखा परीक्षकको कार्यालयमा अर्थ हेर्ने एक अधिकारीले बताए ।

उनले भने ‘यदि आन्तरिक राजस्व विभागले ताकेता गरिदिने र अर्थ मन्त्रालयले सहयोग गर्ने हो भने कूटनीतिक नियोगमा काम गर्ने ‘नन् डिप्लोम्याट’ वा स्थानीय कर्मचारीबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुन सक्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्