Logo

पुनर्निर्माणमा खटाइएका इन्जिनियरहरुको सामूहिक राजीनामा


काठमाडाैं, १२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनीयरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सम्बोधन नगरेको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

चार वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनाको घोषणा गरेका हुन् । नौं महिनासम्म पनि सरकारले आफ्ना माग सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियरहरुले विगत नौं महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आएका छन् । आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कने अध्यक्ष अमरले बताए ।
भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका १५ सय बढी इन्जिनियरहरु गत फागुन २५ गतेबाट आन्दोलित छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्