Logo

युक्रेनमा राष्ट्रपतिको चुनाव हास्यकलाकारले जित्ने भए


युक्रेनका हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनावमा विजय भएका छन् । उनी भारी मतसहित विजयी भएको एक्जिट पोल भनिने सर्वेक्षणले बताएको छ ।

एग्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पेत्रो पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्न सक्छन् । पोरोशेन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति हुन् । अब यो चुनावको एक्जिट पोलको नतिजा जारी भएपछि पोरोशोन्कोले भने, ‘चुनावको नतिजाले हामीलाई अनिश्चितता र भ्रममा लैजानेछ ।’ उनले भने, ‘म पद छोडिरहेको छु तर म यो भन्न चाहन्छु कि म राजनीति छोड्ने छैन ।’

सिरियलमा ‘दुर्घटनावश राष्ट्रपति’ बनेका थिए जेलेन्सकी ४१ वर्षका जेलेन्सकी एक राजनीतिक हास्य ड्रामामा अभिनयका लागि चर्चित छन् । ‘सर्भेन्ट अफ द पिपल’ नामको यो सिरियलमा उनको भूमिका यस्ता व्यक्तिको थियो जो दुर्घटनावश वा अचानक युक्रेनका राष्ट्रपति बन्छन् । उनले आफ्नो कार्यक्रमको नाममा राखिएको राजनीतिक पार्टीबाटै राष्ट्रपति चुनाव लडे ।

जेलेन्सकीसँग कुनै राजनीतिक अनुभव छैन । आफ्नो चुनावी अभियानमा उनले आफू अन्य उम्मेद्वारभन्दा कसरी भिन्न छन् भन्ने कुरामा जोड दिए । उनले चुनावी अभियानमा कुनै ठोस् नीतिगत विचार पनि पेश गरेनन् । यति हुँदा हुँदै पनि उनले पहिलो चरणको मतदान ३० प्रतिशत बढी मतले जिते । दोस्रो स्थानमा रहेका पोरोशोन्कोले १५.९५ प्रतिशत मत मात्र पाएका थिए । युक्रेनका राष्ट्रपति बनेपछि उनी युरोपका प्रभावशाली नेतामा गनिनेछन् ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्